शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बाहुबलीका निर्देशक राजामौलीले प्रभासको पैसाको लागि संघर्ष यसरी सम्झिए

आइतबार, ०७ जेठ २०७४, १५ : ४७
आइतबार, ०७ जेठ २०७४

एजेन्सी

जेठ ७ – जसले बाहुबलीको पहिलो र दोस्रो संस्करण दुबै हेर्नुभयो उहाँहरुलाई थाहा होला कि फिल्मले किन यति धेरै चर्चा कमाएको छ । फिल्मका निर्देशक एस.एस राजामौलीले सानोभन्दा सानो कुरालाई ध्यानमा राखेर फिल्मको निर्देशन गरेका छन् जसले धेरैभन्दा धेरैको ध्यान आकृष्ट गर्न सफल भयो ।

यी दुई फिल्म एक पछि अर्को गरी सुटिङ गरिएको हो जुन पूर्ण हुन् पाँच वर्ष लागेको थियो । फिल्ममा हिरोका प्रतिद्वन्द्वी राना दग्गुबातीले बाहुबलीको छायांकनका क्रममा अन्य फिल्ममा पनि काम गरिरहेका थिए भने उता हिरो प्रभासले फिल्मको छायांकनको क्रममा आएका फिल्मका सबै अफरलाई अस्विकार गरेका थिए ।

निर्देशक राजामौलीले पटक पटक भन्ने गरेका छन् कि यदि प्रभासले फिल्मप्रति त्यति समर्पण नदेखाएका भए फिल्म बन्न सम्भव नभएको बताउने गरेका छन् । राजामौलीले उनका फिल्मका स्टारसँग कस्तो सम्बन्ध राख्छन् भन्ने विषयमा कुराकानी गरेका छन् ।

‘प्रभासले लगातार तीनवटा हिट फिल्म दिएका थिए त्यसकारण निर्माताहरु उनको वरिपरि पैसा लिएर घुम्ने गर्दथे तर उनले भने आफ्नो पूरा ध्यान बाहुबलीलाई मात्र दिए । उनले आफ्ना म्यानेजरलाई निर्मातासँग केही पनि माग नगर्न र उनीहरुले दिएको केही पनि नलिन निर्देशनसमेत दिएका थिए ।’

उनले थपिरहेः

‘कुनै बेला थियो उनलाई पैसाको समस्या थियो । निर्माताले उनको घरमा अफर, पैसा र चेकको बाढि नै ल्याइदिए, कहिलेकाँही त्यसबापत् केही पनि चाँहिदैनसमेत भने ।’

‘निर्माताहरुको यस्तो व्यवहारले उनी डराए । के गर्ने भन्दै मलाई फोन गरेर सोधे । मैले उनलाई उक्त पैसाको उनको कामसँग कुनै सम्बन्ध छैन भनी एक पत्र तयार गर्न आग्रह गरें । तर उनले यसो गर्न मानेनन् किनभने मानिसहरुले पुनः पैसाको माग गरे कसरी फिर्ता गर्ने भनी उनले मलाई सोध्दथे । १० करोडको एक विज्ञापन गर्ने अफर आएको थियो उनलाई । उनले त्यो पनि अस्विकार गरिदिए । प्रभासलाई कसरी झुटो बोल्ने थाहा छैन । उनी बिना कारण कसैको भावनामाथि ठेस् पुर्याउन चाहँदैनन् ।’

सुपरस्टार निर्देशकले प्रभास फिल्मको सेटमा जति ऊर्जावान् छन् वास्तविक जीवनमा भने उनी त्यसको ठिक विपरित भएको खुलासा गरेका छन् ।

‘उनी सेटमा निकै मेहनती र कामका भोगी छन् । उनी जे कुरामा पनि पूर्णता चाहन्छन् तर वास्तविक जीवनमा उनी निकै सुस्त छन् । तपाईंले विश्वास पनि गर्न सक्नुहुन्न कि उनी कति अल्छी छन् भनेर ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप