रत्ननगरलाई नमुना नगर बनाउने नवनिर्वाचित मेयरको प्रतिवद्धता
आइतबार, ०७ जेठ २०७४, १५ : ५३
चितवन, जेठ ७ –चितवनको रत्ननगरको मेयरमा एमालेका नारायण वन विजयी भएका छन् ।
काँग्रेसका रुपनराज घिमिरेलाई १ हजार ४ सय २३ मतान्तरले पछि पार्देै वन मेयरमा विजयी भएका हुन् । रत्न नगरपालिकाका संस्थापक मेयर समेत भएका वनले १४ हजार ६ सय ८० मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्दी काँग्रेसका घिमिरेले भने १३ हजार २ सय ५७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नगरपालिकाको उपमेयरमा पनि एमालेले जित हासिल गरेको छ ।उपमेयरमा पनि एमालेकी बिमला दुवाडी विजयी भइन् । दुवाडीले काँग्रेसकी उम्मेदवार नीता ढकाललाई १ हजार ७ सय ८८ मत अन्तरले पराजित गरेकी हुन् ।
जितका लागि दुवाडीले १४ हजार ६ सय ९० मत ल्याएकी थिइन् भने काँग्रेसकी ढकालले १२ हजार ६ सय ९३ मत पाएकी थिइन् । १६ वडा रहेको रत्न नगरपालिकामा वडानम्बर १,२, ६, ७, ११ र १२ बाहेक सबै वडामा एमालेले जितेको छ ।
नवनिर्वाचित मेयर वनले नगरबासीको भावना अनुसार आफू अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नगरपालिकालाई व्यवस्थित बनाउन आफू लागि पर्ने समेत जनाएका छन् । उपमेयरमा निर्वाचित दुवाडीले नमूना नगरपालिका बनाउन आफू लागि पर्ने बताइन् । पूर्वी चितवनको रत्ननगरमा ४३ हजार २ सय ६३ मतदाता रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण