शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एसवीआइ र हाम्रो विकासको हकप्रद जारी

आइतबार, ०७ जेठ २०७४, १५ : ५७
आइतबार, ०७ जेठ २०७४
काठमाडौं, जेठ ७–नेपाल एसवीआई बैंक र हाम्रो विकास बैंकले आजवाट हकप्रद सेयर निश्कासन सुरु गरेका छन् । एसवीआइले ४० प्रतिशत हकप्रद निश्कासन गरेको हो । बैंकले दोस्रो वजारमा आगामी २५ गतेसम्म सेयर खरिद गर्न सक्ने जनाएको छ । साविक सेयरधनीका लागि १० वरावार ४ शेयर हकप्रद जारी भएको हो । हकप्रदमा असार ११ गतसम्म आवेदन दिन पाइने बैंकले जनाएको छ । यस्तै, हाम्रो विकास बैंकले पनि आजैववाट हकप्रद सेयर जारी गरेको छ । वैशाख १० गतेसम्म दोस्रो वजारमा सेयर खरिद गरेका र साविक सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउने जनाइएको छ । बैंकले २ सय प्रतिशत हकप्रद निश्कासन गरेको हो । एक सय रुपैयाँ अंकित ३० लाख ५८ हजार ३ सय ३८ कित्ता हकप्रद निश्कासन गरेको हो । असार ११ गतेसम्म् आवेदन दिन सकिने जनाइएको छ । विक्रि प्रवन्धक एआवीएल क्यापिटल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप