एक हप्ताभित्र उत्तर कोरियाले पुनः गर्यो अर्को मिसाइल परिक्षण
बीबीसी
जेठ ७ – उत्तर कोरियाले एक पटक पुनः मिसाइल परिक्षण गरेको छ । यो परिक्षणको सूचना दक्षिण कोरियाली सेनाले दिएका छन् । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफको अफिसका अनुसार यो परिक्षण आइतबार स्थानीय समय अनुसार अपरान्ह गरिएको हो ।
एक हप्ता पहिले उत्तर कोरियाले मिसाइल परिक्षण गरेको थियो । उक्त मिसाइल परिक्षण बारे उक्त मिसाइल भिन्न प्रकारको मिसाइल थियो जो परमाणु हतियार लैजान सक्षम छ ।
पछिल्लो सोमबार मात्र संयुक्त राष्ट्रको सुरक्षा परिषदले प्योंगयांग (उत्तर कोरियाको राजधानी) लाई मिसाइल परिक्षण नगर्न चेतावनी दिएको थियो । सुरक्षा परिषदले उत्तर कोरियालाई तत्काल प्रतिबद्धता देखाउँदै परमाणु हतियारबाट आफूल अलग राख्न दबाब दिएको थियो ।
उत्तर कोरियाले अहिलेसम्म पाँच परमाणु परिक्षण गरिसकेको छ । उक्त देशले आफ्नो मिसाइललाई परमाणु हतियारले बलियो बनाउने कोसिस गरिरहेको छ । यस्तो गरेर उत्तर कोरियाले संयुक्त राष्ट्रलाई खुल्ला चुनौती दिइरहेको छ । दक्षिण कोरियाका अनुसार आजको परिक्षण देशको पश्चिमी भाग पुकचांगबाट गरिएको हो ।
दक्षिण कोरियाली न्यूज एजेन्सी योनह्यापका जोइन्ट चिफ अफ स्टाफका अनुसार उक्त मिसाइल ५ सय किलोमिटर टाढा खसेको छ ।
पछिल्लो हप्ताको मिसाइल ७ सय किलोमिटर टाढा खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण