काठमाडौं महानगर अपडेट : मेयरमा अघि बढ्यो एमाले, उपमेयरमा कांग्रेस (मत परिणाम सहित)
आइतबार, ०७ जेठ २०७४, १६ : ०२
काठमाडौं, जेठ ७–काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् । दिँउसो ३ बजेसम्मको मत परिणाम अनुसार नेकपा एमालेका बिद्यासुन्दर शाक्य २४ हजार ६ सय ६३ मत सहित अगाडि छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले १७ हजार ३ सय ९३ मत ल्याएर दोश्रो स्थानमा छन् ।
यस्तै माओवादी केन्द्रको मेयरमा २ हजार ८ सय मत प्राप्त भएको छ भने साझा पार्टीको ७ हजार ४ सय ९२ मत छ । यस्तै विवेकशील नेपाली दलले ९ हजार ९ सय ३८ मत ल्याएको छ ।
उपमेयर तर्फ भने नेपाली कांग्रेस अगाडि बढेको छ । नेपाली कांग्रेसले २२ हजार ६ सय ८५ मत सहित उपमेयरमा अग्रता हासिल गरेको छ । यस्तै एमालेसँग तालमेल गरेका राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठको भने १४ हजार १ सय ३४ मत रहेको छ । यस्तै माओवादी केन्द्रका उम्मेदवारको ३ हजार ७ सय ३८ मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण