कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता, वडा नं ७ मा समूह विजयी
काठमाडौँ, ७ जेठ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता छ ।
प्रमुखमा काँग्रेसका उपेन्द्र कार्कीले छ हजार ५६२ र एमालेका कृष्णहरि थापाले पाँच हजार ७८७ मत पाउनुभएको निर्वाचन अधिकृत प्रकाश कोइरालाले राससलाई जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र) का महेश्वर फुयालले दुई हजार २१४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ६५२ मत ल्याउनुभएको छ ।
उपप्रमुखमा काँग्रेसकै अनिता अधिकारीले छ हजार २८४, एमालेका बिन्दु सिम्खडाले छ हजार १७१, माओवादीका रुकु रणपालले एक हजार ८०१ र राप्रपाका कुस्मा नगरकोटीले ८०९ मत पाउनुभएको छ ।
निर्वाचन कार्यालयले आइतबार दिउँसो वडा नं ७ को मतगणना सकेको छ । ७ नं वडामा अध्यक्षसहित पाँचवटै पदमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका जीवन थापा एक हजार २९० मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका शैलेन्द्र रायमाझीले ८६८ मत पाउनुभयो ।
यसैगरी महिला सदस्यमा शर्मिला कार्की, दलित महिला सदस्यमा शान्ता विशुङ्खे, खुल्ला सदस्यद्वयमा क्रमशः लक्ष्मण पुरी र सहदेव कार्की विजयी हुनुभएको छ । नौ वडा रहेको नगरपालिकामा आज रातिसम्म मतगणना सकी परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण