रत्ननगर नगरपालिका प्रमुखमा एमाले विजयी
चितवन, ७ जेठ । रत्ननगर नगरपालिका प्रमुखमा नेकपा (एमाले) का नारायण वन विजयी हुनुभएको छ ।
उहाँले १४ हजार ६७७ र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७ मत ल्याउनुभएको छ ।
उपप्रमुखमा एमालेकी विमला दुवाडी १४ हजार ४८१ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी नीता ढकालको १२ हजार ७०३ मत आएको निर्वाचन अधिकृत गीता गुरुङले जानकारी दिनुभयो ।
रत्ननगरका वडाध्यक्षमा एमालेका तर्फबाट १० र काँग्रेसका तर्फबाट ६ जना निर्वाचित भएका छन् । काँग्रेसबाट विजयी हुनेमा वडा नं १ मा शङ्कर लामा, २ मा तिलकराज पौडेल, ६ मा बलराम दहाल, ७ मा राजन भट्ट, ११ मा शशीभक्त न्यौपाने र १२ मा वीरबहादुर पाख्रिन हुनुहुन्छ । एमालेतर्फ वडा नं ३ मा गोविन्द भट्टराई, ४ मा रवीन्द्र चौधरी, ५ मा कृष्ण महतो, ८ मा विनोद बस्नेत र ९ मा रोजन आचार्य विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेबाट अन्य विजयी हुनेमा वडा नं १० मा केशव आचार्य, १३ मा चित्रबहादुर भण्डारी, १४ मा हरिकुमार श्रेष्ठ, १५ मा होमनाथ लामिछाने र १६ मा हेमराज थापा हुनुहुन्छ ।
यसअघि चितवनका राप्ती र कालिका नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा एमालेले जितेको छ भने माडीका प्रमुखमा नेकपा९माओवादी केन्द्र० र उपप्रमुखमा एमाले तथा इच्छाकामना गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा काँग्रेस विजयी भइसकेका छन् । अहिले भरतपुर महानगरपालिका र खैरहनी नगरपालिका मतगणना भइरहेको छ । रासस ९तस्बिर उपलब्ध छ०
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण