चुनावी मतपरिणामलाई नेप्सेको ‘लाल सलाम’, दोहोरो अंकको गिरावट
काठमाडौं, जेठ ७–पहिलो चरणको स्थानिय निकायको निर्वाचनको मत परिणाम आउनेक्रम अन्तिमतिर पुग्नै लाग्दा साताको पहिलो दिन आइतबार नेपालको पुँजी बजार भने दोहोरो अंकले झरेको छ । जनप्रतिनिधी चयन भैरहेको महोलमा पनि नेपाल स्टक एक्सजेन्ज (नेप्से) भने ओरालो लाग्दै गएपछि निर्वाचन परिणामलाई पुँजी वजारले ‘लाल सलाम’ गरेको प्रष्ट भएको छ । नेप्सेका अनुसार आज बजार १६ दशमलव ६३ अंकले ओर्लिको हो । यो सँगै बजार एक हजार ६ सय २७ दशमलव २४ अंकमा पुगेर अडिएको छ । एक सय ४६ कम्पनीको ११ लाख ९७ हजार एक सय ३२ कित्ता सेयर कारोवार भएको आज वजारमा ६८ करोड १९ लाख ४३ हजार ७ सय ४३ रुपैयाँको कारोवार भएको छ । आज बैकिङ समूहको सूचक १८ दशमलव ६९ अंकले घटेको छ भने होटल समूहको सूचक ४९ दशमलव ६९ अंकले घटेको नेप्सेले जनाएको छ । यस्तै, विकास बैंक समूहको सूचक १५ दशमलव २३ अंकले घट्दा जलविद्युत समूहको सूचक २२ दशमलव २३ अकं, फाइनान्स कम्पनीको सूचक ६ दशमलव ५१ अंक र बीमा समूहको सूचक एक सय ४ दशमलव ८७ अंकले घटेको छ । आज उत्पादनमुलक समूहको सूचक ५४ दशमलव ४६ र अन्य समूहको सूचक ० दशमलव ८७ अंकले वढेको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण