विवेकशीलका उज्ज्वल भन्छन्, ‘रञ्जु दर्शनाले अब स्याडो मेयर भएर काम गर्छिन’ (भिडियो–वार्ता)
आइतबार, ०७ जेठ २०७४, १६ : ५२
काठमाडौं, जेठ ७–काठमाडौं महानरपालिकाको मेयरका लागि चुनावी प्रतिष्पर्धामा तेश्रो स्थानमा रहेकी रञ्जु दर्शनाबारे पार्टी अध्यक्ष उज्ज्वल थापाले रोचक कुरा सुनाएका छन् ।
विवेकशील नेपाली दलका अध्यक्ष थापाले रञ्जुले चुनाव जिते मेयर भएर काम गर्ने र हारेमा भने स्याडो मेयरको रुपमा काम गर्ने बताएका हुन् ।
रातोपाटी डटकमसँग कुरा गर्दैै थापाले भने–हामी जनताको सेवा गर्न आएका हौं, उहाले जित्नुभयो भने मेयर भएर सेवा गर्नुहुनेछ, काठमाडौबासी र देशको, जित्नुभएन भने पनि स्याडो मेयर भएर काम गर्नुहुनेछ । स्याडो सरकार बनाएर काठमाडौंमा अब हुने मेयरलाई सहयोग गरेर काम गर्नुहुन्छ ।”
उनले विवेकशील दलले मतगणनाका क्रममा तेश्रो स्थान कायम गर्दै अघि बढ्नुलाई काठमाडौबासीले नयाँ अनुभव र नयाँ सोचलाई ठाँउ छ भनेर जवाफ दिएको बताए ।
निर्वाचन आयोगले दलको चुनाव चिन्ह नदिएको र ७ दिनमा काठमाडौंका २ लाख मतदातामा चुनाव चिन्ह पु¥याउन मुस्किल भएको उनले बताए ।
हेर्नुहोस भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण