शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सहकारी बैंक अन्तर बैंक विद्युतीय भुत्तानी प्रणालीमा

आइतबार, ०७ जेठ २०७४, १६ : ५३
आइतबार, ०७ जेठ २०७४
काठमाडौं, जेठ ७–राष्ट्रिय सहकारी बैंक पनि अन्तर बैंक विद्युतीय भुत्तानी प्रणालीमा आवद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सो बैंकलाई यो प्रणालीमा आवद्ध गराएको हो । सो सम्वनधी सम्झौता समेत भएको छ । सम्झौता पत्रमा आइतबार नेपाल क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र राष्ट्रिय सहकारी बैंक लिमिटेडका तर्पmबाट प्रबन्ध निर्देशक केबी उपे्रतीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उक्त सहकारी बैंकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि यो प्रणाली उपलब्ध गराउने छ । उक्त सहकारी बैंकबाट प्रविष्ट गराइएका सम्पूर्ण कारोबार बैंक अफ काठमाडौं लुम्बिनी मार्फत राफसाफ हुने व्यवस्था मिलाइएको जनाइएको छ । राष्ट्रिय सहकारी बैंकले यस प्रणालीमा आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका सदस्य सहकारी संस्थाबाट सोझै भुक्तानी संकलन तथा भुक्तानी सजिलै गर्न सकिने जनाएको छ । यस अघि नगद र चेकबाट हु“दै आएका कारोबार समेत उक्त प्रणाली मार्फत हुने हु“दा कारोबार पारदर्शी हुने, सहजता बढ्ने र जोखिम न्यूनिकरण हुने हु“दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सदस्य सहकारी संस्थाहरु लाभान्वित हुने विश्वास लियउको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप