ट्रक र प्लेन जुध्दा आठ घाइते
लस एन्जलस, ७ जेठ । ब्यापारिक उडानमा रहेको एक विमान र यात्रुहरुलाई खाना, पानी आपूर्ति गर्ने एउटा ट्रक लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वेमा आपसमा जुध्दा आठ जना घाइते भएका छन् ।
मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट एरो मेक्सिको एयरलाइन्सको उडान नं. ६४२ बाट एउटा बोइङ्ग–७३७ विमान संयुक्त राज्य अमेरिकाको एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपश्चात् धावन मार्गबाट विमान बिसौनीतर्फ आउने क्रममा बाटोमा पर्ने रन वे नं. २५ नजिकैे ट्याक्सी वेमा उक्त ट्रकसँग ठोक्किन पुगेको स्थानीय सञ्चार माध्यम सिटी न्युज एक्स्प्रेसले जनाएको छ ।
नियमित गतिमा गुडिरहेको एरो मेक्सिकोको उक्त बोइङ्ग–७३७ जेट विमानले ठक्कर दिएपछि सो विमानस्थल आपूर्ति ट्रक फनक्कै एक फन्का घुमी पल्टिएको थियो । ट्रकमा सवार दुई महिलासहित आठजना आपूर्ति कर्मचारीहरु घाइते भएकामा दुबै जना महिलाको स्थिति भने गम्भीर रहेको लस एन्जलस विमानस्थल अग्नी नियन्त्रण प्रमुखले जानकारी दिएका छन् ।
विमानमा सवार एकसय चयालिस जना जति यात्रु र चालक दलका सदस्यमध्ये कसैलाई पनि केही भएको छैन । तर, बिमानको दायाँ पट्टिको पखेटा नराम्ररी क्षति भए तापनि इन्धन पोखिने वा आगलागीका कुनै पनि घटना हुन नपाएको समेत जनाइएको छ । रासस ÷सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण