कालिगण्डकीले बगाएको मजदुरलाई यसरी उद्दार गरे प्रहरीले (भिडीयो)
काठमाडौं जेठ ७ – आईतबार घामको ज्योतिले अँध्यारो पर्दा उघार्दै थियो, ठिक त्यतिनै बेला जिल्ला प्रहरी कार्यालको फोन बज्यो । फोन गर्नेले आँत्तिदै भने, ‘कालिगण्डकीले मान्छे बगायो !’
आईतबार विहान करिब ५ बजेर ५० मिनेट गएको थियो, ड्युटी अफिसरले जिल्ला प्रहरी प्रमुख (डिएसपी) बसुन्धरा खड्कालाई जाहेर गरे । उनले तुरुन्त उद्दारका लागि लाईफ ज्याकेट सहितका प्रहरीलाई घट्नास्थलमा जान आदेश गरिन् ।
ईन्सपेक्टर दिवाकर घिमीरेको कमाण्डका गएको प्रहरी टोलीले निकै सचेतता पुर्वक कालिगण्डकीमा डुबेका पक बहादुर घर्ति मगरको उद्धार गरेको छ । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबाट स्थायी घर भएका घर्ति मगर बेनी बजारमा मजदुरी गर्थे । बिहानै नुहाउन कालिगण्डकी किनार पुगेका मगर ढुंडामा चिप्लेर लडेपछी नदिको भंगालोमा परेका थिए ।
‘प्रहरीहरु गोताखोरकै तालिम नलिएपनी पौडन सक्ने थिए’ डिएसपी खड्काले भनिन्, ‘५४ बर्षिय पक बहादुरको सकुसल उद्धार गर्न सफल भएका छौं ।’
डिएसपी खड्काका अनुसार इन्सपेक्टर घिमीरेको कमाण्डमा जवानहरु गंगा मल्ल र राजन रानाले उनको उद्धार गरेका थिए । म्याग्दीको बेनी बाढी प्रभावित क्षेत्र मानिन्छ । बर्षायाम शुरु भैसकेको हुनाले कालिगण्डकीको बहाव आजभोली बढेको छ ।
भिडियो : जिल्ला प्रहरी कार्यालय म्याग्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण