किन बस्दैछ राप्रपाको आकस्मिक बैठक सोमबार ?
आइतबार, ०७ जेठ २०७४, १८ : ०९
काठमाडौँ, ७ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक सोमबार बोलाएको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि पार्टी नेतृत्वको समीक्षा गर्नका लागि सो बैठक केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्न लागेको हो ।
बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, संविधान संशोधनले पार्ने दूरगामी प्रभावका बारेमा पनि छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । पार्टीको संसदीय दलले यसअघि सरकारले ल्याएको पछिल्लो संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
सो विषयमा पार्टीभित्र मतभिन्नता कायम भएपछि केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गर्न लागिएको छ ।
स्थानीय तहको अर्को निर्वाचनमा पार्टीलाई सफल बनाउन गर्नुपर्ने राजनीतिक गतिविधिका बारेमा पनि छलफल गरिनेछ । स्थानीय तह निर्वाचनका लागि पार्टीले सम्बन्धित नेतालाई खटाएका स्थानमा नपुगेको तथा चुनावमा निष्कृय भएका नेता तथा कार्यकर्तालाई आवश्यक कारबाही गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण