एलइडी बल्ब खरिद गर्ने विषयमा सुशासन समितिमा सांसदहरुको दन्त बझान
काठमाडौ, जेठ ७ – प्रमुख प्रतिपक्ष नेकपा एमालेले भारतीय कम्पनीबाट एलइडी बल्ब खरिद गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गरेको छ । एमाले सांसद उदय नेपाली श्रेष्ठले सार्वजनिक खरिद नियमावली विपरित सरकारले भारतीय कम्पनीबाट एलइडी बल्ब खरिद प्रक्रिया अघि बढाएको भन्दै खारेज गर्न माग गरेका हुन् ।
एलइडी बल्ब खरिद प्रक्रियाबारे छलफल गर्न व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको आईतबारको बैठकमा बोल्दै एमाले सांसद श्रेष्ठले सार्वजनिक खरिद नियमावली विपरित सरकार चल्नु राष्ट्रको हितमा नरहेको तर्क गरे ।
सत्ता साझेदार नेपाली काँग्रेसका सांसद ध्यानगोविन्द रञ्जितले भने मुलुकको उर्जा क्षेत्रको विकासका लागि वर्तमान सरकारले लिएको नीति सही रहेको दावी गरे । उनले कुलेखानी जलविद्युत आयोजना, फर्पिङ जलविद्युत आयोजनाको क्षमता विस्तार गरेर सरकारले मुलुकको विद्युत आपूर्तिको मागलाई धान्न गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले मुलुकको उर्जा संकट समाधानका लागि सरकारले माथिल्लो तामाकोसी जलविद्युत आयोजना जस्ता ठूला आयोजना निर्माणको कामलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे । उनले दीर्घकालीन रुपमा उर्जा संकट समाधान गर्न सरकार लाग्नुपर्ने आवश्यक्ता रहेको पनि बताएका थिए ।
उर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले सरकारले मुलुकको उर्जा संकट समाधानका लागि विद्युत उत्पादनको कामलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै दीर्घकालीन योजना बनाएर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताए ।
समितिको बैठकमा बोल्दै उपभोक्ता अधिकारकर्मी चन्द्रलाल महर्जनले नेपालको उर्जा नीति उपभोक्ता मैत्री नभएको आरोप लगाए ।
नेपालमा हालसम्म जलासायमार्फत् ७ सय मेघावाट विद्युत उत्पादन भएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण