मध्यपुरथिमि वडा नं ७ अध्यक्षमा स्वतन्त्र विजयी
आइतबार, ०७ जेठ २०७४, १८ : १६
भक्तपुर, जेठ ७ – मध्यपुरथिमि नगरपालिका वडा नं ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णकुमार प्रजापति विजयी हुनुभएको छ ।
नेकपा (एमाले) बाट बागी उम्मेदवारी दिएका प्रजापतिले स्वतन्त्र उम्मेदवारका रुपमा वडाध्यक्षमा एक हजार ९० मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दिनेश धजूले ७९२ मत प्राप्त गर्नुभएको छ ।
अन्य सदस्यमा भने नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । मतगणना परिणाम अनुसार एक हजार ११४ मत प्राप्त गरेर महिला सदस्यमा सुजाता बाँडे, दलित महिला सदस्यमा एकहजार चार मत प्राप्त गरेर शर्मिला विश्वकर्मा, खुला सदस्यमा ९७२ मत प्राप्त गरेर धर्मरत्न बाडे र अर्को खुला सदस्यमा ९९३ मत प्राप्त गरेर सुजन पौडेल विजयी हुनुभएको हो ।
यस नगरपालिकाको नगरप्रमुखमा एमालेका मदनसुन्दर श्रेष्ठ ११ हजार ४१८ मतले अग्रस्थानमा रहनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अष्ट कवेँ नौ हजार ९८ मतले पछाडि पर्नुभएको छ ।
त्यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी अञ्जना मधिकर्मी नौ हजार ३३ मतले अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका केदार खड्का छ हजार ११४ मत प्राप्त गर्नुभएको छ । मध्यपुरथिमिको वडा नं ८ को मतगणना सुरु भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण