ग्याङ्ग फाईटमा संलग्न १० जना ललितपुरबाट पक्राउ
आइतबार, ०७ जेठ २०७४, १८ : २२
काठमाडौं जेठ ७ – सार्वजनिक स्थानमा धारिलो हतियार खुकुरी, लाठी, मुंग्रा समेत प्रयोग गरी दुई पक्षबिच ग्याङ्ग फाईट गर्ने १० जना युवालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिवार ललितपुर महानगरपालिका–१७ त्यागलमा हुलहुज्जग गर्दै एक पक्षले अर्काको घर समेत तोडफोड गरेर आतंक सिर्जना गरेपछी उनिहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरका रोहित देउला, ललितपुरका रोजन देउला, झापाका रोशन भुजेल, झापाका विकाश न्यौपाने, मकवानपुरका अनिल देउला, किरण देउाल, रिजन देउला, बर्दियाका जिवन श्रेष्ठ, लतिपुरका राजेश देउला र उमेश देउला रहेका छन् ।
ग्याङ्ग फाईटको क्रममा राकेश देउला, राका देउला, उरेन देउला र मचाभाई देउला घाईते भएको र उनिहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण