शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पुननिर्माण प्राधिकरणले जोखिमयुक्त यी ५ जिल्लाका बस्ती स्थान्तरण गर्ने

आइतबार, ०७ जेठ २०७४, १८ : ३५
आइतबार, ०७ जेठ २०७४
काठमाडौं, जेठ ७ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त पहिचान भएका भूकम्प अतिप्रभावित ५ जिल्लाका वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयोजनका लागि एकीकृत वस्ती विकासको प्रक्रिया शुरु गरेको छ । प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको प्राधिकरणको ६४ र्आै कार्यकारी समितिको बैठकले एकीकृत वस्ती विकास लागी सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयार गर्न तथा पुर्वाधार निर्माण कार्यका लागि अन्य संघसंस्था÷निकायको सहयोग लिई वस्ती विकास गर्ने कार्यक्रम अघि बढाउने निर्णय गरेको हो । उक्त कार्यक्रम अन्र्तगत प्राधिकरण र भूगर्वविद्सहितको टोलीले जोखिमयुक्त भनि पहिचान गरेका गोरखाको केरौजा, सिन्धुपाल्चोकको सेलाङ, रसुवाको खाल्डे, नुवाकोटको उर्लेनी र दोलखाको वेसीम्पामा रहेका जोखिमयुक्त वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ । सम्वन्धित जिल्लामा सिडियो संयोजकत्वको समितिले जोखिमयुक्त वस्ती स्तान्तरणका लागी सुरक्षित जग्गाको छनौट गर्नेछ । सुरक्षित स्थानमा सर्न चाहने लाभग्राहीसँग परामर्श गरी उक्त समितिले एकीकृत वस्ती विकासका लागी उपयुक्त जग्गा छनौट गर्ने र त्यस्तो जग्गामा पुर्वाधारण निर्माणका लागि सरकारले आवश्यक प्रवन्ध मिलाउने प्राधिकरणका प्रवक्ता भूसालले बताउनुभयो । ‘एकीकृत वस्तीको विकासका लागी सडक, खानेपानी, विद्युतीकरण, नदी नियन्त्रण, जग्गा प्राप्ती जस्ता पुर्वाधार निर्माणको बिषयलाई समेत सरकारी तवरबाट सम्वोधन गरिनेछ,’ प्राधिकरणका प्रवक्ता यमलाल भूसालले भन्नुभयो, ‘उक्त कार्यका लागी अन्य संघ संस्था वा निकायको पनि सहयोग लिई दोहोरो नपर्ने गरी एकीकृत वस्ती विकास गर्ने कार्यक्रम अघि बढाउने निर्णय भएको हो ।’ प्राधिकरणले जोखिमयुक्त भनि हालसम्म पहिचान भएका १ सय १२ स्थान मध्ये पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा अति प्रभावित ५ जिल्लाका वस्तीलाई स्थानान्तरण गर्ने प्रक्रिया थालिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप