सिन्धुलीको गोलन्जोरमा झाडापखालाको प्रकोप
आइतबार, ०७ जेठ २०७४, २० : २९
सिन्धुली, जेठ ७ – यहाँको गोलन्जोर गाउँपालिका वडा नं ३ मा तीन दिनदेखि झाडापखालाको प्रकोप देखिएको छ । सो वडामा अहिलेसम्म १०० भन्दा बढी बिरामी परेका छन् ।
सुरुमा सामान्य ज्वरो आउने, पखाला लाग्ने, वान्ता हुनेलगायत लक्षण देखा परेको स्थानीयबासी सुदिप कार्कीले जानकारी दिनुभयो । अहिले साविकको भुवनेश्वरी गाविस तथा हालको ३ नं वडा पुरै प्रभावित भएको उनको भनाइ छ ।
इलाका स्वास्थ्य चौकी ग्वालटारमा उपचारका लागि पुगेका बिरामीको सङ्ख्या १०० नाघिसकेको चिकित्सकहरुले बताएका छन् । प्रकोपको सुरुवातीमा नै सम्बन्धित निकायमा जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीयबासी कार्कीले बताए ।
प्रदूषित खानेपानीका कारण यस्तो समस्या आएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।
खुर्कोटस्थित शुभजीवन हस्पिटलका चिकित्सक डा राजेन्द्र न्यौपाने स्थानीयलाई खानेपानी उमालेर मात्र खान, आराम गर्न, बालबालिका र वृद्धवृद्धाको विशेष स्याहार गर्न सुझाव दिए। वर्षात्को समयमा खानेपानी केही प्रदूषित हुनसक्ने भएकाले पानी उमालेर मात्र खान उनको सुझाव छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण