शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हेटौँडामा काँग्रेसको अग्रता

आइतबार, ०७ जेठ २०७४, २१ : २६
आइतबार, ०७ जेठ २०७४
हेटौँडा, जेठ ७ – हेटौँडा उपमहानगरपालिकाको मतगणनाको आज अपराह्न ३ बजेसम्ममा प्रमुख पदको नेपाली काँग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले १४ हजार ९३४ मत प्राप्त गरी अग्रता लिनुभएको छ । नेकपा (एमाले) का नगर प्रमुखका उम्मेदवार हरिबहादुर महतले १४ हजार ७२० मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ । यस्तै नेकपा (एमाले) का उपप्रमुखका उम्मेदवार मीना लामाले १४ हजार ७७५ मत प्राप्त गरी अग्रता लिनुभएको छ । नेकपा (माओवादी केन्द्र) का उपप्रमुखका उम्मेदवार बलराम बलले १० हजार ९९८ मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ । हेटौँडा– १४ मा माओवादी केन्द्र, १५ मा काँग्रेस विजयी यसैबीच हेटौँडा उपमहानगरपालिका– १४ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दिपक खड्का खड्काले एक हजार २०३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा ९एमाले०का सानु थिङले ६४१ मत प्राप्त गर्नुभयो । यस्तै हेटौँडा– १५ को वडाध्यक्षमा नेपाली काँग्रेसका महारत्न लामा एक हजार ३४३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिल मोक्तानले एक हजार २८८ मत प्राप्त गर्नुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप