शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ह्याट्रिकसँगै केनलाई लगातार दोस्रो गोल्डन बुट

आइतबार, ०७ जेठ २०७४, २२ : ३७
आइतबार, ०७ जेठ २०७४

लण्डन, चैत ७ – रेलिगेसनमा परिसकेको हल सिटीविरुद्ध ह्याट्रिक गर्दै ह्यारी केनले लगातार दोस्रो पटक प्रिमियर लिगको गोल्डन बुट हात पार्न सफल भएका छन् ।

गोलको वर्षा गरेको स्पर्सले हलविरुद्ध ७–१ को विशाल जीत निकालेको हो ।

केनले पहिलो हाफमा तीन मिनेट भित्र दुई गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा डेली अलीले स्पर्सको अग्रता फराकिलो बनाए ।

खेलको दोस्रो हाफमा साम क्ुलकासले एक गोल फर्काए पनि त्यो सान्तवना गोल मात्र बन्न पुग्यो ।

त्यसको केही मिनेटको अन्तरालमा नै भिक्टर वान्यामाले पुनः स्पर्सलाई ३ गोलको अग्रता दिलाए भने त्यसपछि केनले गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

२३ वर्षीय इंग्लिस स्ट्राइकरले यो सिजन आफ्नो गोल संख्या २९ पुर्याए । कुनै पनि सिजनमा गरेको यो सर्वाधि गोल हो । अघिल्लो सिजन उनले २५ गोल गरेका थिए ।

अझ यो सिजन उनले ३० खेलमात्र खेलेका छन् । उनले गत सेप्टेम्बर र मार्चमा घाइते हुँदै खेल गुमाएका थिए ।

खेलको अन्त्यतिर बेन डेभिस र टोबी एल्डरवियर्डले गोल गरेपछि आर्सनले विशाल जीत दर्ज गर्यो ।

जीतसँगै स्पर्स ८६ अंकसहित लिगको दोस्रो स्थानमा रहन सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप