मतदाता शिक्षा कार्यक्रम पुनः सुचारु
सोमबार, ०८ जेठ २०७४, ०८ : ०४
विराटनगर - मोरङमा मतदाता शिक्षा कार्यक्रम पुनः सुचारु भएको छ ।
दोस्रो चरणको निर्वाचनअन्तर्गत जेठ ३१ गतेदेखि हुने स्थानीय तहको निर्वाचनका लागि मोरङमा ६४० मतदाता शिक्षा कार्यक्रमका लागि स्वयम्सेविका जेठ ५ गतेदेखि नै खटिसकेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।
मतदातालाई मतदान गर्ने प्रक्रियाका साथै मतपत्र पल्टाउने विधि सिकाउनका लागि घरदैलोमा खटिएका हुन् । यस कार्यक्रममा खटिएका स्वयम्सेविकालाई प्रत्येक वडाका वडासचिवले सुपरिवेक्षण गर्नेछ र यसका साथै विभिन्न राजनीतिक दलका कार्यकर्ता सो टोलीका साथ मतदाताको घरदैलोमा पुग्ने कार्यक्रम रहेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।
मतदाता कार्यक्रममा नखटिने कार्यकर्तालाई अविलम्ब हटाइने र काम गरेको भत्तासमेत रोक्का गरिने छन् । ती कार्यकर्तामाथि अनुगमन गर्नका लागि सुपरिवेक्षकको रुपमा रहेको वडा सचिवलाई समेत निर्देशन दिइसकिएको कार्यालय प्रमुख सञ्जेलले जानकारी गराए ।
प्रथम चरणको मतदानमा मतपत्र बदरको सङ्ख्या अत्यधिक देखिएकाले सो टोलीमा बढी सजग गराउनुका साथै मतदाता शिक्षा कार्यक्रमलाई सफल बनाउनका लागि राजनीतिक दललाई समेत अपिल गरिएको छ ।
मुलुकमै सबैभन्दा बढी मतदाता रहेको मोरङमा छ लाख ५१ हजार मतपत्रका साथै एक हजार १०६ वटा ८५ लिटर नयाँ मतपेटिकासमेत प्राप्त भइसकेको बताइएको छ । यस जिल्लामा पाँच लाख ६३ हजार ८७० मतदाता छन् ।
मोरङमा एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण