शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

उच्च प्रविधियुक्त नर्सरी ११ जिल्लामा स्थापना

सोमबार, ०८ जेठ २०७४, ०८ : १३
सोमबार, ०८ जेठ २०७४
काठमाडौँ - वन विभागले तराईका ११ जिल्लामा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरेको छ । विभागले वन दशकको कार्यक्रमअन्तर्गत आव २०७३÷०७४ मा ११ वटा उच्च प्रविधियुक्त नर्सरी, १३ वटा साधारण नर्सरी, १२४ वटा साधारण नर्सरी मर्मत गरेको हो । विभागका प्रवक्ता ईश्वरी पौडेलले ६८ लाख ९८ हजार विभिन्न प्रजातिका रुख बिरुवालाई उत्पादन गरी झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र बारा जिल्लामा मागअनुसार वितरण गरिएको बताए । एघार जिल्लाका ३० वटा नगरपालिकामा वृक्षारोपणसहित उद्यान निर्माण, व्यवस्थापन, अनुगमन, मुल्याङ्कन, २२६ वटा निजी वन दर्ता प्रोत्साहनका लागि प्राविधिक सहयोग र १०६ निजी वन दर्ताका लागि अनुदान सहयोग उपलब्ध गराएको पौडेलले बताए । विभागले चाल्नाखेलमा केन्द्रीय नर्सरी स्थापना गरी गुणस्तरीय बिरुवा उत्पादन गरी वितरण गर्दै आइरहेको छ । यस्तै विभिन्न किसिमका रुख प्रजातिको एक हजार ५०० केजी गुणस्तरीय बीउ सङ्कलन, प्रशोधन तथा वितरण गर्नुका साथै ११ जिल्लाका ६०८ हेक्टर जग्गामा विभिन्न किसिमका बिरुवा वृक्षारोपण गरिएको विभागले जनाएको छ । आव २०७३÷०७४ मा विभागले वन दशक कार्यक्रमको लागि रु पाँच लाख छ हजार ७६ विनियोजन गरेको विभागका सहायक वन अधिकृत युवराज पोखरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप