शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरमा एमालेको अग्रता कायमै

सोमबार, ०८ जेठ २०७४, ०९ : ३०
सोमबार, ०८ जेठ २०७४
काठमाडौं - काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले २९ हजार १२९ मत ल्याई अग्रता कायम राखेका छन् । नेपाली काँग्रेसका राजुराज जोशीले २० हजार ३६८, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले ११ हजार २५६, साझा पार्टीका किशोर थापाले आठ हजार ५२३ तथा नेकपा माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले तीन हजार १६० मत प्राप्त गरेका  सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी गारए । यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले २६ हजार ४१७, राप्रपाका राजाराम श्रेष्ठले १६ हजार ८२३ र साझा पार्टीकी निरूपमा यादवले पाँच हजार ४५० र माओवादी केन्द्रकी सुशीला पौडेलले चार हजार २१९ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयको अनुसार अहिलेसम्म ८८ हजार २९१ मतगणना भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप