माडीको मुहार फेर्ने सचिव छाडेर उपप्रमुख बनेकी ताराकुमारीको धोको
सोमबार, ०८ जेठ २०७४, ०९ : ५३
रत्ननगर - चितवन उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महतोलाई नौलो लाग्यो । पहिले सचिवको कुर्सीमा थिए । अहिले उपप्रमुखको कुर्सीमा पगे ।
माडी नगरपालिकाको उपप्रमुखको कुर्सीमा बसेपछि पहिलो दिन हिजो वडाध्यक्षसँग छलफल गरे । “परिचयात्मक कार्यक्रम भो, पहिले कर्मचारी थिएँ, अहिले जनप्रतिनिधि भएकी छु, खुसी हुँदै ताराकुमारीले भने अब बोझ बढेको छ ।”
उनको चिन्ता अब कसरी माडीको विकास गर्ने भन्ने छ । माडीमा जङ्गली जन्तुको आतङ्क छ । खहरे खोला नालाले माडीमा वर्षात्का बेला आतङ्क नै मच्चाउँछ । निकुञ्जले घेरिएको उपत्यका भएकाले स्रोतसाधन, उद्योगधन्दा छैन । त्यसैले पनि माडीको विकास गर्न चुनौती छ । “अब माडीको मुहार कसरी फेर्ने, मेरो चिन्ता नै त्यही हो” ताराकुमारी भन्छिन् ।
गएको वैशाख १७ गते माडीको वडा सचिवबाट राजीनामा दिँदै गर्दा ताराकुमारी काजी महतोलाई खासै चिन्ता भएन । पार्टीबाटै तपाईं आउनुप¥यो भनेपछि उनले राजीनामा दिएर उपप्रमुखको आकाँक्षा राखे ।
उपप्रमुख भए पनि र नभए पनि जागिर गुमेकोमा कुनै चिन्ता लागेन ताराकुमारी लाई । “कति गर्नु एउटै काम, जे त होला भनेर त्यागेँ” ताराकुमारीले भने । एमाले पार्टीले तीन नारायण पौडेल, चन्द्र बानियाँ र ताराकुमारीको नाम सिफारिस भयो । पछि उनी छनिए ।
प्रमुखमा माओवादी केन्द्रको उम्मेदवार भए पनि उपप्रमुखमा अन्तत जित उनकै भयो । उनले माओवादी केन्द्रकी सरिता चौधरीलाई हराए । माडीलाई इको नगर बनाउने, सुकुम्वासी समस्या समाधान गर्ने, खोलानाला व्यवस्थापन, जङ्गली जनावर आक्रमणको न्यूनीकरण तथा कृषि उत्पादनको वृद्धिमा लाग्ने उहाँले अठोट गरेका छन् ।
माडीका स्थानीय गोविन्द न्यौपाने उहाँले अन्य उम्मेदवारलाई पछि पारेर जित्नुमा उहाँको सामाजिक व्यक्तित्व र गाविसमा छँदा कमाएको छवी नै भएको उनको दाबी छ । त्यसैले पनि प्रमुखमा माओवादी केन्द्र जित्दै गर्दा एमालेबाट उनी उपप्रमुखमा निर्वाचित भएकी हुन् । दलित महिला सदस्यमा विजयी भएकी माडीकी इन्दिरा विक उहाँले अरुपार्टीको पनि मत जित्न सफल भएकी बताउँछिन् ।
त्रिचालिस वर्षीया ताराकुमारी काजी महतोको घर माडी–३ वसन्तपुर हो । प्लस टु पास गरेकी उनकी दुई छोरी छन् । श्रीमान् जयराम महतो शिक्षक छन् । एसएलसीपछि २० वर्षमा बिहे भएको थियो उनको। छोरी जन्मेपछि कष्टले प्लस टु गरेकोे अनुभव सुनाए । २०६१ सालमा पहिलो पटक उनले जागिर सुरु गरे ।
युनिसेफमा बालबालिकासम्बन्धी परियोजनामा जागिर पाउनुभयो । त्यसपछि उहाँले २०६३ सालमा साविक बघौडा गाविसको कार्यालय सहायकको जागिर पाए । त्यसपछि माडी नगरपालिका बन्यो ।
उहाँ वडा नम्बर ३, ४, ५ को वडा सचिव भने त्यही वडा सचिव हुँदै गर्दा स्थानीय निकायको निर्वाचन आएपछि राजीनामा दिएर राजनीतिमा होमिएकी उनले अब विकासमा लाग्ने अठोट गरे । उनले भने “अब मैले गरेर देखाउने दिन आएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
-
देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक
-
धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
-
रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण