समाचार प्रभाव : प्रदेश प्रमुख खनालको कार्यकक्षबाट अचानक २ तस्बिर गायव (फोटो/भिडियो)
सुर्खेत । प्रदेश नम्बर ६ का प्रमुख दुर्गाकेशर खनालको कार्यकक्षबाट दुईवटा तस्बिर गायव भएका छन् । रातोपाटीमा बिहीबार समाचार प्रकाशित भएपछि ती तस्बिर एकाएक हराएका हुन् । प्रदेश प्रमुख खनालको कार्यकक्षमा पूर्वराष्ट्रपति डा. रामवरण यादव र प्रमुख खनालको तस्बिर सँगै मिलाएर राखिएको थियो ।
उक्त तस्बिरबारे हामीले भद्रगोल प्रदेश प्रमुखको कार्यालय, कार्यकक्षमा पूर्वराष्ट्रपति यादव शीर्षकमा समाचार प्रकाशन गरेको केही घण्टापछि उक्त तस्बिर हटाइएको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो । प्रमुख खनालको कुर्सीमाथि अहिले कुनै पनि तस्बिर राखिएको छैन । उनको तस्बिरसमेत त्यहाँबाट झिकिएको छ ।
हेर्नुहोस् दुई तस्बिर
प्रमुख खनाल बाहिर भएको बेला उनको कार्यकक्ष अवलोकनका क्रममा पूर्वराष्ट्रपति यादवको फोटो फेला परेको थियो । साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नियुक्तिको समयमा कार्यकक्षबाट दुईवटै तस्बिर झिकिएको थियो । कुनै पनि सरकारी अधिकारीले आफ्नो कार्यकक्षमा वर्तमान राष्ट्राध्यक्षको तस्बिर राख्ने प्रचलन छ । झन्डै १ महिनादेखि सञ्चालनमा आएको प्रदेश प्रमुख खनालको कार्यालयमा भने आफ्नो फोटोसँगै पूर्वराष्ट्रपति यादवको फोटो राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण