सशस्त्र प्रहरी बल गुह्येश्वरी गणमा क्षयरोग शिविर
शनिबार, २० जेठ २०७४, १० : २१
भक्तपुर, २० जेठ - दुवाकोटस्थित सशस्त्र प्रहरी बलको गुह्येश्वरी गणमा शुक्रबार क्षयरोगसम्बन्धी निःशुल्क खकार परीक्षण तथा क्षयरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको आयोजनामा सम्पन्न सो शिविरमा गणका जवान तथा अधिकृतको खकार परीक्षण गरिएको थियो । जिल्लालाई क्षयरोगमुक्त बनाउन लुकेका क्षयरोगी पत्ता लगाउने उद्देश्य पूरा गर्न विभिन्न क्षेत्र र समुदायमा क्षयरोगसम्बन्धी जनचेतना जगाउने र त्यहाँ भएका क्षयरोगी पत्ता लगाई उपचारको दायरामा ल्याउने अभियानअन्तर्गत गणमा शिविर सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
शिविरमा भक्तपुर अस्पतालका विश्वराम थापाले क्षयरोगको परिभाषा, लक्षण, क्षयरोग लाग्ने अवस्था र क्षयरोगको उपचारका बारेमा प्रशिक्षण दिएको कार्यक्रम संयोजक एवम् संस्थाका निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले बताए।
शिविरमा डा रोजिना श्रेष्ठ, परिचारिका राजेश्वरी शिल्पकार, प्रभा श्रेष्ठ, ल्याब टेक्निसियन सङ्गीता श्रेष्ठ, सोमबहादुर पन्थ, सुनिता धौबन्जार र स्वयम्सेविका अम्बिका श्रेष्ठ र रमिला दृष्टिलगायतको प्राविधिक टोलीले आवश्यक सहयोग गरेको थियो ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण