अमेरिकी र्यापरले बताए आफ्नो लिङ्ग काट्नुका कारण
शनिबार, २० जेठ २०७४, ११ : १८
बीबीसी
जेठ २० – अमेरिकी र्यापर आन्द्रे जोनसन उर्फ क्राइस्ट बेयरर सन् २०१४ को अप्रिल महिनामा आफ्नो लिङ्ग काटेपछि अचानक चर्चामा आएका थिए ।
जोनसनका अनुसार उक्त घटनाका बेला उनी अत्यधिक तनावमा थिए ।
सुधारको प्रक्रियाबाट गुज्रिरेका जोनसनले उक्त घटनाको दुई वर्षपछि बीबीसीसँग आफ्नो लिङ्ग काट्नुका कारण बारे खुलेर कुराकानी गरेका छन् ।
लागुऔषध, गाँजा, रक्सीको नशाः
घटनापछि ९११ मा गरिएको फोनमा यो घटनाको भयानक स्थिती स्पष्ट हुन्छ ।
‘सुन्नुहोस् त, यहाँ हाम्रा एक साथीले आफ्नै लिङ्ग काटेका छन् । हे, भगवान, यो कुरामा मलाई विश्वास भइरहेको छैन ।’
जनसन भन्छन्, ‘म यत्तिकै उठें र अचानक किचनमा पुगेर चक्कु लिएँ त्यसपछि मैले आफ्नो पाइन्ट खोलें र चक्कुले...’
लिंग काटिएको यो घटनालाई आश्चर्य र रोचक तरिकाले पत्र–पत्रिकाले प्रकाशित गरे ।
डाक्टरले शल्यक्रिया गरेर पनि लिंगको काटिएको भागलाई जोड्न सफल भएनन् ।
जोनसनका अनुसार उक्त घटनापश्चात् उनको लिङ्ग अब कुनै कामको नभएको कहिले महसुस भएन । जोनसन भन्छन्, ‘सेक्सका क्रममा, मैले लिङ्ग नकाटेको भए पनि हुनेथियो भन्ने कहिले महसुस गर्नुपरेन ।’
डिप्रेशनमा थिए जोनसनः
उक्त घटनापश्चात् जोनसनलाई अस्पताल भर्ना गरियो जहाँ उनलाई थाहा भयो कि उनी गम्भीर डिप्रेशनका शिकार थिए र उनलाई मनोचिकित्सकको मद्दत लिने सल्लाह दिइयो ।
उनी भन्छन्, ‘मलाई थाहा नै थिएन कि म डिप्रेशनको रोगी थिएँ ।’
जोनसनको मान्यता अनुसार युवाहरुले डिप्रेशन र मानसिक स्वास्थ्यको विषयमा आफ्नो धारणा परिवर्तन गर्नुपर्ने आवश्यक छ ।
जोनसनले घटना भएको दिन आफू गाँजा र रक्सीको नशामा भएको स्विकार गरे ।
यसका साथै महिलाहरुसँगको टुटेको सम्बन्ध पनि उनको दिमागमा थियो ।
जोनसन भन्छन्, ‘मेरा समस्याले मलाई तनाव दिइरहेका थिए । म सोचिरहेको थिएँ कि महिलाहरुसँग मेरो सम्बन्ध निर्दयी मात्र रह्यो । मैले कुनै प्रकारको नैतिकता लिइनँ भन्ने सोचिरहेको थिएँ । मलाई समस्या दिइरहेको कुराहरु सधैंका लागि हटाइदिन्छु भन्ने पागलपन सवार भयो । म सोच्न थालें कि मेरो लिंग नियन्त्रणभन्दा बाहिर छ ।’
जोनसनको लागुऔषधको समस्याका कारण दुई विवाहबाट भएका दुबै छोरीसँग भेट्न उनी वञ्चित छन् ।
जोनसन आफ्नो समाजमा युवावर्गका बिच तनावको स्थितिको वर्णन गर्दछन् ।
उनी भन्छन्, ‘मेरो समुदायमा कसैले पनि आफू डिप्रेशनमा भएको वा मानसिक रोगबाट गुज्रिरहेको भन्ने जानकारी दिँदैनन् । जब यस्तो हुन्छ, तब हामी लागुऔषधको सेवन गर्छौं । तपाईं बुझिरहनुभएको छ नि, युवाहरु एक अर्कालाई यो खानु यो नशाको सेवन गर भनेर सुझाइरहेका हुन्छन् ।’
उनी भन्छन्, ‘आफ्नो तनावबारे कसैले जानकारी दिएपनि युवा वर्गले एकअर्कालाई नशामार्फत तनाव भगाउन सकिने सल्लाह दिन्छन् ।’
टुटिरहेको परिवार र नशाः
जोनसनका अनुसार उनी आफ्नी आमासँग निकै नजिक थिए । उनी आमाको मत्यु हुँदा पनि रोएनन् किनभने उनी नशामा बाँचिरहेका थिए ।’
यस्तो अवस्थामा उनले यो कमीलाई पूरा गर्नका लागि आफ्नो जीवनमा एक बच्चालाई ल्याउने निर्णय गरे र आफ्नी प्रेमिकासँग विवाह गरे ।
उक्त विवाहबाट जोनसनकी एक छोरी जन्मिइन् तर उनको जन्मपश्चात् पनि जोनसन लागुऔषधको नशाबाट स्वतन्त्र भएनन् ।
जोनसनका अनुसार उनले घरमा झगडाको स्थिती बनाएका थिए ।
उनी भन्छन्, ‘सम्बन्धविच्छेद हुनु निश्चित थियो । यो अर्को एकप्रकारको मृत्युजस्तै थियो । त्यसपछि उनकी श्रीमतीले उनको छोरीसँग भेट्न प्रतिबन्ध लगाइन् ।
त्यसपछि उनले दोस्रो विवाह अमातुल्लाहसँग गरिन् । उनीहरुको अर्को छोरीको जन्म भयो । तर यसपटक पनि उनकी श्रीमतीले उनीमाथि छोरीसँगको भेटमा प्रतिबन्ध लगाइदिए ।
उनी भन्छन्, ‘उक्त घटना मेरो लागि निकै डरलाग्दो थियो किनभने सबैकुरा त्यहि भइरहेको थियो जो पहिले नै भइसकेको थियो । ’
यस्तै तमाम तनावसँग जुध्दै जोनसनले लागुऔषधको नशामा आफूमाथि हिंसा गरे ।
जोनसन अब लस एन्जेल्समा आफ्नी श्रीमती र छोरीसँग बस्छन् ।
उनका अनुसार उनी अहिले पनि हल्का तनावसँग जुधिरहेका छन् तर उनकी श्रीमती अमातुल्लाह र छोरी लानाको साथले उनलाई मद्दत गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलतमै बित्यो आर्थिक वर्ष २०८२/८३, पुँजीगत खर्च पाँच वर्ष यताकै न्युन
-
योगेशको प्रश्न : प्रदेश सरकार कसले किन फेरबदल गर्न खोज्दैछ ?
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण