शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

योगेशको प्रश्न : प्रदेश सरकार कसले किन फेरबदल गर्न खोज्दैछ ?

शुक्रबार, ०१ साउन २०८३, ११ : २७
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल गर्नु उचित नभएको बताएका छन् ।
  • उनले कसले, किन र केका लागि प्रदेश सरकार फेरबदल गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन् ।
  • भट्टराईले यस्तो कार्यले अस्थिरता र सत्ता लोलुपतालाई प्रकट गरेको र यसले पुरानो नेतृत्वबारे जनस्तरमा भएका टिप्पणीलाई बल पुर्याएको बताएका छन् ।

काठमाडौँ । नेकपा एमालेका उपमहसचिव योगेश भट्टराईले अहिले प्रदेश सरकार फेरबदल गर्न उचित नहुने बताएका छन् । साथै उनले कार्यकालको अन्तिम समयमा प्रदेश सरकारहरूको फेरबदल गर्ने कुरा कसले र किन गरेको हो ? भन्दै प्रश्न गरेका छन् । 

‘कार्यकालको अन्तिम तीर रहेका प्रदेश सरकारहरूको फेरबदल उचित होइन । किन, कसले र केका लागि यो गरिरहेको छ ? यसको खोजीनिती हुनु पर्दछ’, नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले अस्थिरता र सत्ता लोलुपतालाई नै प्रकट गरेको छ ।’

पूर्वमन्त्री समेत रहेका भट्टराईले हिजो जनस्तरमा पुराना दल र पुरानो नेतृत्वको बारेमा जेजे टिप्पणी भएका थिए प्रदेश सरकार फेरबदल गर्ने पार्टीहरूको अहिलेको तयारी र काम÷कारबाहीले त्यहीँ धारणालाई बल पुर्याइरहेको पनि बताएका छन् । 

‘यस्तो परिस्थितिमा पार्टीको बैठक बसेर सामूहिक निष्कर्षका साथ अघि बढ्नुपर्ने हो तर पारा उही पुरानै छ’, भट्टराईले नेतृत्वप्रति प्रश्न गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप