पर्यटन मन्त्रालयको सहयोगमा पदमार्ग निर्माण
शनिबार, २० जेठ २०७४, १० : ३१
पर्वत, २० जेठ - फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि कार्कीनेटा बजारसम्मको पदमार्ग निर्माण सुरु भएको छ ।
धौलागिरि अञ्चलको पुरानो प्रवेशद्वारका रुपमा रहेको कार्कीनेटामा आन्तरिक तथा बाह्य पर्यटकलाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गर्न लागिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १० लाखको सहयोगमा निर्माण हुन लागेको पदमार्गको शुक्रबार फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले शिलान्यास गर्दै स्थानीय अवसर र सम्भावनाको पहिचान गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
विसं २०४८ मा धौलागिरि क्षेत्रमा सडक सुविधा आएपछि उक्त स्थान ओझेलमा परेको थियो । त्यसअघि पर्वत, बागलुङ र म्याग्दीका बासिन्दाले पोखरा, बुटबल, स्याङ्जा र काठमाडौं लगायत स्थानमा जानका लागि सोही पदमार्गको प्रयोग गर्दै आएका थिए ।
सोही पदमार्ग हुँदै पैदल वा खच्चरमार्फत सामान आयात हुने गरेको स्थानीयवासीको भनाइ छ । झन्डै दुई किमी लामो उक्त पदमार्ग निर्माणपछि यस क्षेत्रमा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकका साथै स्थानीयवासीलाई हिँडडुलका लागि सहज हुने भएको छ । आगामी एक वर्षभित्र उक्त पदमार्ग बनाउने लक्ष्य लिइएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलतमै बित्यो आर्थिक वर्ष २०८२/८३, पुँजीगत खर्च पाँच वर्ष यताकै न्युन
-
योगेशको प्रश्न : प्रदेश सरकार कसले किन फेरबदल गर्न खोज्दैछ ?
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण