कपिलबस्तुः चुनाव मुखमा एमालेलाई झड्का
शनिबार, २० जेठ २०७४, १० : ३९
पुनहरी घिमिरे
कपिलवस्तु जेठ २० –कपिलवस्तुको भिल्मीमा चुनावको मुखमा एमालेका एक सय बढी कार्यकर्ताहरु पार्टी परित्याग गरि संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् ।
स्थानीय कृष्णनगर शाह भवनमा अयोजित एक कार्यक्रममा एमाले कार्यकर्ता फोरममा प्रवेश गरेका हुन ।
सो अवसरमा नेकपा एमाले साविक भिल्मी गाविसका अध्यक्ष अब्दुल गफ्फार खाँले एमालेको निति गलत भएकोले आफुहरु पाटी परित्याग गर्न बाध्य भएको बताए ।
फोरम प्रवेश गर्नेहरुमा नेकपा एमाले क्षेत्र नं ५ क्षेत्रीय सदस्य मेवालाल गुप्ता, कपिलवस्तु चन्द्रौटाका विष्णु गुप्ता, जितेन्द्र मोर्या मनिराम यादव लगायत समेत छन् ।
सो पाटी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेक प्रताप शाह, केन्द्रीय सदस्य सहजराम यादव, मोहम्मद रसिद खा, पुर्व जिल्ला अध्यक्ष सतिश चन्द्र गुप्ता, युवा नेता राजत प्रताप शाह, शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरी, लगायत नेता तथा कार्यकर्ताहरुको सहभगीता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण