'क्लिन द सिटी'अन्तर्गत अन्तर्गत कहाँ र कसरी हुँदैछ राजधानी क्लीन ?
शनिबार, २० जेठ २०७४, १० : ४२
काठमाडौँ, २० जेठ - काठमाडौँ महानगरपालिका सबै वडामा निरन्तर सफा गरिने भएको छ ।
गत बिहीबारदेखि नवनिर्वाचित प्रमुख तथा उपप्रमुखसहितले ‘क्लिन द सिटी’ अभियानको सुरुआत गरिसकेका छन् । तत्कालका लागि कामपाले बाँसबारीबाट चक्रपथतर्फ, एअरपोर्टबाट गौशालातर्फ, बल्खुबाट कुलेश्वरतर्फ र कलङ्कीबाट सोल्टी मोडतर्फ गरी चार मार्गमा सरसफाइ गर्ने योजना छ ।
सोअभियानअन्तर्गत सडकको धुलो बढार्ने, सडक किनारा सफा गर्नेसम्मका काम हुनेछन् ।
सफा गरिएको दिन सङ्कलित धुलो टेकु ल्याइने महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।
बुधबार पद तथा गोपनीयताको शपथ गरेपछि महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार बिहान बूढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा सफाइको काम सुरुआत गरेका थिए।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण