दमकको मेयरमा ७ र उपमेयरमा ५ जना मैदानमा
शनिबार, २० जेठ २०७४, ११ : ४३
दमक, जेठ २०–चुनावी प्रसारका दृष्टिले चर्चामा रहेको पश्चिम झापाको दमक नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर पदमा सात जना चुनावी मैदानमा उत्रिएका छन् । उपमेरमा भने पाँच जना उम्मेदवार देखिएका छन् ।
दमक नगरपालिकालाई समृद्ध र देशकै नमूना नगरको रुपमा विकास गर्ने उम्मेदवारहरुले बताएका छन् । चुनावी प्रचारका लागि मैदानमा उत्रिएका उम्मेदवारले विकासका विभिन्न एजेण्डा अघि बढाएका छन् ।
संवाद समूहको सचिवालय झापाको संयोजनमा शनिबार दमकमा भएको सबै उम्मेदवारसँगको छलफलमा उनीहरुले दमक नगरको विकासका लागि राखेका अधिकांश एजेण्डा साझा देखिएका छन् ।
उनीहरुले निर्वाचनलाई द्वन्द्वरहीत बनाउने लगायतका छ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
दमक नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट ढुण्डीराज भण्डारी, नेकपा एमालेबाट रोम ओली, नेकपा माओवादी केन्द्रबाट गगन पुरी उम्मेदवार बनेका छन् । त्यस्तै राप्रपाबाट राम थापा, संघीय समाजवादी फोरम नेपालबाट सतिस साह, विवेकशील नेपाली दलबाट सुवास सुवेदी र स्वतन्त्र रुपमा अर्जुन बुढाथोकी पनि दमकको मेयरको रुपमा उम्मेदवार बनेका छन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई, नेकपा एमालेबाट गीता अधिकारी, नेकपा माओवादी केन्द्रबाट शान्ति धिमाल, राप्रपाबाट रीता श्रेष्ठ र संघीय समाजवादी फोरम नेपालबाट गंगा राई शेर्मा उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को
-
ओली भन्छन्– कसैलाई नसमाति अडिन नसक्ने पार्टी एमाले होइन
-
नयाँ आर्थिक वर्षमा २० सचिव अवकाशमा जाँदै (सूचीसहित)
-
फासिजम र नाजिजम भनेको यहि हो : अध्यक्ष ओली
-
मुखमा धेरै र्याल आउनु कुनै रोगको लक्षण हो ?
-
लुम्बिनीमा एमालेसँगको सहकार्यलाई निरन्तरता दिने पक्षमा कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण