तुषारको छोराको जन्मदिनमा करिनाका छोरो तैमुर चम्किए (फोटोफिचर)
शनिबार, २० जेठ २०७४, ११ : ५४
एजेन्सी
जेठ २० – तैमुर अली खान पटौदी सबैभन्दा क्यूट स्टार किडमध्येका एक हुन् । तुषार कपुरका छोरा लक्ष्यको पहिलो जन्मदिनमा खिचिएका उनका तस्बिर यसका प्रमाण हुन् ।
पाँच महिनाका शिशु तैमुर अली खानले लक्ष्यको जन्मदिनमा सबैको ध्यान आफूतर्फ खिच्न सफल भए ।
निलो डेनिम र सर्ट लगाएका उनी निकै क्युट देखिएका थिए ।
आमा करिना कपुर भने कालो डेनिम, निलो रङको सर्ट लगाएर कार्यक्रममा उपस्थित भएकी थिइन् ।
आमा करिनाको अंगालोमा बाँधिएका तैमुरको फोटो खिच्न फोटोग्राफरहरुबिच तँछाडमँछाड नै भएको थियो ।
करिनाले आफ्नो छोरालाई पहिलो पटक मिडियामा सार्वजनिक गरेकी हुन् । उनले आफ्ना छोरालाई क्यामराको अगाडि हात हल्लाउन पनि सिकाइरहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन
-
शाही उत्तराधिकारका नियम खुकुलो बनाएपनि जापानमा महिलाको हकमा प्रतिबन्ध यथावत्
-
नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी सडकमा
-
खाली पेटले बदलिएको भारतको राजनीति : वाङचुकको अनशनले दोहोर्याउला इतिहास ?
-
चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई व्यापारिक स्वार्थबाट मुक्त राख्न डा.केसीको माग
-
हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण