शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्डको प्रस्तावमा देउवाले गराए उम्मेदवारी दर्ता (भिडियोसहित)

शनिबार, २० जेठ २०७४, ११ : ५०
शनिबार, २० जेठ २०७४
काठमाडौं, जेठ २०– काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि हुने प्रधानमन्त्रीको चुनावका लागि लागि आज उम्मेदवारी दर्ता गराएका छन् । हिजो संसद सचिवालयले जारी गरेको कार्यतालका अनुसार देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेका छन् भने समर्थकमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका बिजयकुमार गच्छदार, प्रजातान्त्रिक समाजवादी पार्टीका प्रेम वहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी र अखण्ड नेपाल पार्टीका कुमार खड्का रहेका छन् । देउवाको उम्मेदवारी मनोनयन दर्ताको समयमा नेताहरु रामचन्द्र पौडेल, शेखर कोइराला, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुको उलेख्य उपस्थिति थियो । संसद सचिवालयले आईतबार बिहान ११ बजेका प्रधानमन्त्री चयनका लागि मतदानको समय तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप