देउवालाई बालुवाटार खाली गर्दै प्रचण्ड
शनिबार, २० जेठ २०७४, १२ : ०९
काठमाडौं, जेठ २०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि आइतवार सरकारी निवास छाड्ने भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटार छाड्ने गरी तयारी गरेका छन् ।
गत साउन १९ मा प्रचण्ड प्रधानमन्त्री भएका थिए । लगत्तै उनी साउन २१ सरकारी निवास बालुवाटार सरेका थिए । सरकारी निवास छाडेर प्रचण्ड यस अघि बस्दै आएको लाजिम्पाटस्थित निवासमा सर्ने छन् । १० महिनाको बालुवाटार बसाईपछि प्रचण्डले सरकारी निवास छाड्न लागेका हुन् । अर्थात २१ साउनमा बालुवाटार गएका प्रचण्डले २१ जेठमा बालुवाटार छाड्न लागेका हुन् ।
भोली नै नयाँ प्रधानमन्त्रीका लागि संसदमा निर्वाचन हुँदैछ भने प्रचण्डकै प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
प्रधानमन्त्री भएलगत्तै देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलतमै बित्यो आर्थिक वर्ष २०८२/८३, पुँजीगत खर्च पाँच वर्ष यताकै न्युन
-
योगेशको प्रश्न : प्रदेश सरकार कसले किन फेरबदल गर्न खोज्दैछ ?
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण