वाणगंगामा चालू आर्थिक बर्षमा ६० प्रतिशत विकास निर्माण कार्य सम्पन्न
शनिबार, २० जेठ २०७४, १२ : ५३
चुरामणि अर्याल
कपिलवस्तु ,जेठ २०–कपिलवस्तुको वाणगंगा नगरपालिकामा चालु आर्थिक बर्षको विकासका योजनाको ६० प्रतिशत काम सम्पन्न भएको छ ।
नगरपालिकाका सवै वडामा सञ्चालित ठूला साना गरि २ सय ८० योजना मध्ये हाल सम्म ६० प्रतिशत काम पुरा भईसकेको नगरपालिकाका कार्यकारी अधिकृत तुलसीराम मरासिनिले बताएका छन् ।
जेठ मसान्त सम्ममा ८० प्रतिशत काम सम्पन्न भई असार १५ सम्ममा सवै योजनाहरु सम्पन्न हुने उनले दाबी गरेका छन् ।नगरपालिका भित्र ५७ लाख सम्मका योजनाहरु साबिक कोपवामा २ वटा ,मोतिपुरमा २ वटा,हथौसामा १ वटा,नन्दनगरमा १ वटा र गजेहडामा १ वटा परेका छन् ।जसमा भर्लावास र पटनामा काम जारी रहेको छ । अधिकांश योजनाहरु सडक कालोपत्रे,ग्राबेल,कलभर्ट निर्माण र कल्भर्ट निर्माण कार्य संग सम्बन्धित रहेका छन् ।
नगरपालिकाका योजनाका अवस्थाहरु वारे जानकारी लिन सर्वदलिय समितिले स्थलगत रुपमै अनुगमन सम्पन्न गरिसकेको छ ।अनुगमन पश्चात सर्वदलिय समितिले आगामी दिनमा योजनाहरु बनाउंदा नगरका सवै वडाहरुमा योजनाहरु पार्नु पर्ने,सडकको डिपिआर गरेपछि मात्र पिच गर्नुपर्ने ,स्थानिय उपभोक्ता समिति सक्रिय हुनुपर्ने लगायतका निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण