शहरी क्षेत्रका महिलामा पनि पाठेघरको संक्रमणसम्बन्धी समस्या उस्तै
शनिबार, २० जेठ २०७४, १३ : ११
काठमाडौं, जेठ २०–महिलाजन्य स्वास्थ्य चेतनाको कमि र आवश्यक सरसफाई नभएका कारण देखा पर्ने पाठेघरको सक्रमण सम्बन्धी समस्या शहरी क्षेत्रका महिलामा पनि उत्तिकै देखिएको छ ।
पाठेघरको मुख र स्तन क्यान्सर रोगीको निशुल्क उपचार गर्ने सरकारले घोषणा गरिरहदा सरसफाई र चेतनाको कमिकै कारण शहरकै महिला पाठेघरको संक्रमणबाट संक्रमित भएका हुन् ।
स्थानीय रुपमा महिला स्वास्थ्यमा काम गर्दै आएका संघ संस्था र ललितपुर जिल्ला विकास समितिले संयुक्त रुपमा टिकाथली स्वास्थ्य चौकीमा संचालन गरेको महिला स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गर्न आएका पचास प्रतिशत महिलामा पाठेघरको संक्रमण देखिएको हो । २ सय ७० जनामा गरिएको क्यान्सर स्क्रिनिङ टेष्टमा पचास प्रतिशतमा सरसफाईको कमिका कारण देखिने संक्रमण फेला परेको उपचारमा संलग्न चिकित्सकले बताए ।
पाठेघरको मुखमा देखिएको सामान्य संक्रमणको पनि समयमै उपचार हुन सकेन भने फैलदै गएर गम्मीर समस्याको रुप धारणा गर्दछ । महिला जन्य रोगको उपचार निशुल्क गरिदिने भनेपनि पाठेघरको संक्रमणबाट जोगिन अपनाउनुपर्ने आवश्यक सर्तकता बारेको जनचेतना वृद्धिमा भने सरकारको उचित ध्यान नपुगेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण