१९ वर्षीया युवती जुवाखालमा भेटिएपछि...
शनिबार, २० जेठ २०७४, १३ : ३३
काठमाडौं, जेठ २०– ललितपुरको सानेपामा सञ्चालित एक जुवाखालबाट १९ बर्षिया युवती मनिषा परियार सहित २४ जना पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोकको पर्सेल स्थायी घर भएकी परियार काठमाडौंको भिमसेनस्थान बस्दै आएकी थिईन् ।
ललितपुरको सानेपास्थित खरिबोटमा घर भाडामा लिएर ‘क्यारियर डेलभपमेन्ट ट्रेनिङ्ग ईन्स्टिच्युट एण्ड चारकोल लज एण्ड बार’ नामक बोर्ड राखेर अवैध जुवाखाल चलाईरहेका २४ जनालाई शुक्रवार केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुमध्ये ९ जना महिला र अन्य पुरुष ब्यक्तिहरु रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भारतिय नागरीक हितेश डालमिया, काठमाडौंका प्रवेश भुसाल, उपेन्द्र राज चित्रकार, सुवाष श्रेष्ठ, सिन्धुपाल्चोककी विमला श्रेष्ठ, काठमाडौंकी बिन्दु महर्जन, रौतहटकी सम्झना तिमल्सिना, काठमाडौंकी रेश्मा महर्जन, काभ्रेकी मनिषा परियार, चितवनकी शुसिला लामा, फर्पिङकी अनिता पौडेल, पाल्पाकी सरिता श्रेष्ठ, भारतीय नागरीक अभिषेक अग्रवाल रहेका छन् ।
यसैगरी जुवाखालबाट पुष्पराज खतिवडा, बावुराम पौडेल, नारायण कुमार कुँवर, लाल बहादुर मगर, कपील नागपाल, संघ रत्न महर्जन, शैलेष खड्का, किरण घले, तारा रिजाल शर्मा, गुप्त केसी र शिवम गुप्ता समेतलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर लतिलपुरमा पठाईएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
प्रहरीले जुवाखालबाट ७ लाख ५० हजार नगद, १८६ अमेरिकी डलर, चिनीया यान १ सय र पाँच सय रुपैयाँ भारतिय रुपैयाँ बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण