राजनीतिक दलको घरदैलोसँगै मतदाता शिक्षा
शनिबार, २० जेठ २०७४, १३ : ३३
बैतडी, २० जेठ । बदर मतको सङ्ख्या कम गराउन जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलले घरदैलोसँगै मतदाता शिक्षा कार्यक्रमलाई व्यापक बनाएका छन् ।
पहिलो चरणको स्थानीय निर्वाचनमा धेरै मत बदर भएपछि दोस्रो चरणका निर्वाचन हुने जिल्लामा दलका कार्यकर्ता आफैँ बदर मत घटाउन अग्रसर भएका हुन् ।
घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि दिइरहेको नेपाली काँग्रेसका जिल्ला सचिव वीरबहादुर विष्टले बताए, उनले भने, “सकेसम्म मत बदर नहोस् भनेर लागेका छौँ ।” विष्टका अनुसार विभिन्न वडामा नमुना स्वास्तिक छाप र मतपत्रसहित अहिले पार्टीले मतदाता शिक्षा पनि दिइरहेको छ ।
नेकपा ९एमाले०का जिल्ला सचिव लीलाधर भट्टले आफ्नो पार्टीले जिल्लामा प्रचारप्रसार अभियानसँगै मतदाता शिक्षामा पनि जोड दिएको बबताए ।
पहिलो चरणको निर्वाचनबाट पाठ सिकेकाले अहिले पहिलो प्राथमिकताका साथमा मतदाता शिक्षालाई घरदैलो सम्म पुराउन सबै तहका प्रचारप्रसार समितिलाई निर्देशन दिइएको छ । उनले भने, “सकेसम्म जिल्लामा मत बदर कम गर्न एमाले लागि परेकोछ ।”
नेकपा ९माओवादी केन्द्र०का संयोजक पे्रमप्रकाश भट्ट पनि आफूहरु निर्वाचन प्रचारसँगै मतदाता शिक्षामा क्रियाशील रहेको बताउछन् । उनले भने “घरदैलोमा गएका कार्यकर्ताले मतदातालाई मत बदर नगर्न सिकाइरहेका छन् ।”
त्यसैगरी जिल्ला निर्वाचन कार्यालयले पनि मतदाता शिक्षालाई जोड दिएको छ । मतसङ्केत कसरी गर्ने, कसरी बदर कम गर्ने विषयमा सचेतनामूलक काम जेठ ५ गतेदेखि भइरहेको कार्यालयका प्रमुख माधवप्रसाद फुयाँलले बताए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलतमै बित्यो आर्थिक वर्ष २०८२/८३, पुँजीगत खर्च पाँच वर्ष यताकै न्युन
-
योगेशको प्रश्न : प्रदेश सरकार कसले किन फेरबदल गर्न खोज्दैछ ?
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण