देउवाको प्रधानमन्त्रीमा उम्मेदवारी दर्तापछि कसले के भने ? (भिडियोसहित)
काठमाडौं, जेठ २०– देशको नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । देउवाको उम्मेदवारी दर्ता पछि संसद भवन नया बानेश्वरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै प्रस्तावक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई नयाँ राजनीतिक संस्कृती तर्फ उन्मुन गराउनका लागि आफुले महत्वपुर्ण भुमिका निर्वाह गरेको प्रतिक्रिया दिए ।
उनले राजीनामा गरेर आफुले सहज सत्ता हस्तान्तरणको नयाँ राजनीतिक संस्कृतिको प्रारम्भ गरेको बताए । आफ्नो कार्यकालमा नेतृत्व लिएको तर पुरा नगरेका विषयलाई आगामी सरकारले पुरा गर्छ त भन्ने संचारकर्मीको जिज्ञासामा उनले मुलुकमा प्रचुर सम्भावना र चुनौती दुवै भएको भन्दै सबै मिलेर सामना गर्दै देशलाई सफल पार्नुपर्नेमा जोड दिए ।
भावी प्रधानमन्त्रीको रुपमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका कांग्रेस सभापति देउवा भने प्रधानमन्त्री भएपछि भनौला नि भन्दै बाहिरिएका थिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले राजीनामा दिएर अर्को सरकार गठनका लागि बाटो खोलेका वर्तमान प्रधानमन्त्री दाहालले देउवाको प्रधानमन्त्रीको उम्मेदवारीमा प्रस्तावक बस्नुनै महत्वपुर्ण विषय भएको भन्दै वहुमतिय सरकार गठनको लागि कुनै समस्या नभएको दाबी गरे ।
उपप्रधान एवंम संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजय गच्छदारले मधेसको समस्या सम्बोधन गरि पहिलो चरणमा सहभागी नभएका मधेस केन्द्रीत दललाई पनि चुनावमा सहभागी गराउने तथा संविधान कार्यान्वयनका लागि सहज वातावरण बनाउनका लागि दाहाल नेतृत्वको सरकारलाई आफुले सहयोग गरेको भन्दै देउवा नेतृत्वको सरकारलाई पनि समर्थन जनाउने स्पष्ट पारे ।
प्रधानमन्त्रीका लागि अहिले सम्म नेपाली कांग्रेसका सभापति देउवाको मात्रै उम्मेदवारी मनोनय दर्ता भएको छ । प्रधानमन्त्री पदका लागि आईतबार हुने मतदानका लागि संसद सचिवालयले शनिबार अपरान्ह ४ बजे सम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण