शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘महिला कामदारको पक्षमा बोल्दा दलालले मलाई फसाए’

शनिबार, २० जेठ २०७४, १४ : १८
शनिबार, २० जेठ २०७४

काठमाडौं, जेठ २०– कुवेत प्रहरीद्वारा पक्राउ परी नेपाल फर्काइएका नेपाली जनप्रगतिशिल मञ्च कुवेतका अध्यक्ष धावा ठोकरले त्यहाँ रहेका नेपाली महिला श्रमिकको पक्षमा बोल्दा दलालहरुले आफूलाई फसाएको दाबी गरेका छन् । उनले गत चैत १८ गते कुवेतको मंगाप भन्ने शहरबाट अज्ञात समुहले अपहरण गरी प्रहरीलाई बुझाएको र प्रहरीले नेपाली दलालहरुको प्रभावमा परेर आफूलाई स्थानीय रक्सी बेचेको भन्ने झूटा आरोपमा थुनामा राखी एक महिनापछि नेपाल फर्काएको शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी बताएका छन् । नेपाली महिला कामदारको लागि प्रतिवन्धित कुवेतमा नेपाली दलालहरुबाटै नेपाली चेलीहरुको किनबेच समेत हुने गरेको थाहा पाएपछि त्यसविरुद्ध आफू लागि पर्दा दलालहरुले निरन्तर टार्गेट गर्दै आएको र अन्तिम समयमा अपहरण गरेर प्रहरीलाई समेत प्रभावमा पारेर आफूलाई नेपाल फर्काउन सफल भएको धावाले दाबी गरे । उनले गैरकानुनी कार्य रोक्न र मानव तस्करी गर्ने गिरोहलाई कारबाही गर्न माग गर्दै नेपाल सरकार र कुबेतस्थित नेपाली दूताबासको ध्यानाकर्षण समेत गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप