शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अल्का अस्पतालमा स्वस्थ बच्चा प्रतियोगिता (तस्बिरसहित)

शनिबार, २० जेठ २०७४, १४ : ३२
शनिबार, २० जेठ २०७४

काठमाँडौ– अल्का अस्पताल र लायन्स क्लबको संयुक्त आयोजनामा शनिबारदेखि तेस्राे स्वस्थ बच्चा प्रतियोगिताको आयोजना गरिएको छ । मातृशिशु स्वास्थ्यलाई प्रर्वद्धन गर्ने उद्देश्यले अल्का अस्पताल परिसरमा  कार्यक्रमको आयोजना गरिएको हो ।  प्रतियोगितामा भाग लिने बच्चाहरुलाई तिन समूहमा छुट्टाइएका छन् र जम्माजम्मी २०० जना बच्चाहरुले भाग लिएका छन् । बिजेतालाई नगद पुरस्कार र गिफ्ट ह्याम्पर प्रदान गरिने छ । बालबालिकाको  बिकासात्मक चरणहरुमा अभिभावकले पु¥याउनुपर्ने स्वास्थ्य सेवा, रेखदेख सरसफाई , आहार व्यवहार र अनुशासनबाट नै बालकको सफल भविष्यको रेखा कोरिने भएकाले प्रतियोगिताले समाज र राष्ट्रको लागि सकारात्मक सन्देश जाने आयोजक बिद्या श्रेष्ठले विश्वास व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप