शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माओवादीका यी पाँच नेता बन्न चाहन्छन् गृहमन्त्री

शनिबार, २० जेठ २०७४, १४ : ४७
शनिबार, २० जेठ २०७४
जेठ २०, काठमाडौं–संसद सचिवालयले आइतवार नयाँ प्रधानमन्त्री चयनका लागि कार्यूसूचि अगाडि बढाएको छ । सोही अनुसार काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादीको प्रस्तावमा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका छन् । यो सँगै देउवा सरकारको मन्त्रीमण्डलालाई लिएर सत्तारुढ दलहरुबीच चर्चा–परिचर्चा शुरु भएको छ । माओवादीभित्र गृहमन्त्रायलाई लिएर नेताहरुबीच दौडधूप शुरु भएको छ । अहिले पाँच नेता गृह मन्त्रीको दावेदारीमा देखिएका छन् । माओवादीभित्र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको दावेदारीमा कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी छन् । महरा प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित अर्थ मन्त्री छन् । रायमाझी केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित उर्जा मन्त्री थिए । यी दुई नेताबाहेक अन्य तीन नेता पनि गृहमन्त्री बन्न चासो राखेका छन् । यसरी गृहमन्त्री बन्न चाहनेमा प्रचण्ड सरकारका पाला उर्जा मन्त्री रहेका जनार्दन शर्मा र ओली सरकारका पाला गृहमन्त्री रहेका शक्ति बस्नेत छन् । त्यसै गर िओली सरकारका पाला शिक्षा मन्त्री रहेको गिरिराजमणि पोखरेल पनि गृहमन्त्रीको दावी पेश गरिरहेका छन् । काँग्रेस–माओवादी गठबन्धनमा देउवा प्रधानमन्त्री भएपछि गृह मन्त्रालय माओवादीलाई र अर्थ मन्त्रालय काँग्रेसलाई दिने करिव–करिव सहमति बनेको छ । दोस्रोचरणको चुनाव अगाडि सानो मन्त्रीपरिषद बनाउने र त्यसपछि मन्त्रीमण्डलको आकार बढाउने देउवाको तयारी रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप