शान्ति समाजको २१ औँ स्थापना दिवस
शनिबार, २० जेठ २०७४, १५ : ०५
काठमाडौँ, २० जेठ । मानवअधिकार तथा शान्ति समाजको २१ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित जीवनमुखी, जगतमुखी र सेवामुखी उद्देश्य विषयक गोष्ठीमा मानवअधिकारवादी कृष्ण कँडेलले मानिसको अधिकार सुरक्षित भए मात्र देशले फड्को मार्नसक्ने बताए ।
कार्यक्रममा सांसदद्वय धनराज गुरुङ र जितु गौतम तथा नेपाल प्राध्यापक सङ्घका सभापति रामेश्वर उपाध्याय, अधिकारकर्मी लोकेश ढकाल, शान्ति समाजका सल्लाहकार होमकान्त चौलागार्इं, उपसभापति रेणुका पौडेल, महासचिव उत्तम पुडासैनीले नेपालको मानवअधिकारको स्थिति र मानिसको बाँच्न पाउने अधिकारको विषयमा मन्तव्य व्यक्त गरेका थिए ।
समाज २१ वर्षदेखि मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि क्रियाशील रहँदै आएको छ ।
मानवअधिकार तथा शान्ति समाज २१ वर्ष अगाडि आजकै दिन मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा गठन भएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण