शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ठूला पार्टीलाई टक्कर दिन रुपन्देहीमा जन्मियो संयुक्त लोकतान्त्रिक मोर्चा

शनिबार, २० जेठ २०७४, १५ : ४१
शनिबार, २० जेठ २०७४

जेठ २०, काठमाडौं– वैकल्पिक शक्ति बनाउने सोचसहति दोस्रो चरणको स्थानीय तहको चुनावलाई केन्द्रमा राखेर रुपन्देहीमा संयुक्त लोकतान्त्रिक मोर्चा गठन भएको छ । बुटवलमा रहेका विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्तिको लामो छलफलपछि यस्तो मोर्चा गठन भएको बताइएको छ ।

मोर्चामा नयाँ शक्ति पार्टी नेपाल, अखण्ड पार्टी नेपाल, नेकपा माले, संघीय समाजवादी फोरम नेपाल, जनमोर्चा नेपाल, नागरिक परिचालन अभियान र अन्य स्वतन्त्र व्यक्तित्व सहभागी छन् । मोर्चा गठनका लागि भएको वैठकमा नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालका उच्च नेता पनि सहभागी थिए ।

मोर्चाको सचिवालयमा संयोजक बामदेव क्षेत्री, सचिव बुद्धिमान थापा, सदस्यहरु कमल पोखरेल, पार्वती खड्का, भरत पराजुली, पुरन केसी, बाबुराम पोखरेल, निर्दोष अली र गुप्तबहादुर केसी छन् ।

त्यसबाहेक मोर्चाका सदस्यमा अशोक बर्मा, कृष्णबहादुर गुरुङ, चित्रबहादुर थापा, योगराज भण्डारी, पुनम लिगल, श्यामकली आर्चाय, राजेन्द्र कुमार अग्रहरी, शेरबहादुर गौतम, ज्ञानेन्द्र थापा, पंकज राई, कलम खनाल, अनिता अधिकारी र गंगाबहादुर लगायत छन् । मोर्चाले ९ बुँदे प्रतिबद्धता पत्र पनि जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप