निर्वाचन आयोगको निर्णयलगत्तै एमालेको आयो यस्तो प्रतिक्रिया
काठमाडौं, जेठ २०– नेकपा एमालेले निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको बडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेकोमा एमालेले आपत्ति जनाएको छ । एमाले सचिव गोपकर्ण विष्टले आयोगले विधि र प्रक्रियाको बर्खिलाप हुनेगरी निर्णय गरेको दाबी गर्दै सो निर्णय एमालेले कुनै पनि हालतमा स्वीकार नगर्ने रातोपाटीलाई बताए ।
‘संविधान विधि र निर्वाचन ऐनले समेत मेल नखाने गरी आयोगले जुन प्रकारको निर्णय गर्यो त्यसले एमालेलाई स्तब्ध बनाएको छ’, विष्टले रातोपाटीसँग भने, ‘ यो प्रकारको निर्णयले निर्वाचन आयोगको स्वतन्त्र भूमिकामा समेत प्रश्न चिन्ह खडा भएको छ।’ स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणना स्थलको अनाधिकृत कब्जा भएको पुष्टि हुन आएको आयोगले बताएपनि भरतपुरमा त्यस्तो अवस्थै नदेखिएको उनको दाबी थियो ।
यसअघि एमाले स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले पुन मतदान गर्ने निर्णय भए पार्टीले त्यसको प्रतिकार गर्ने बताएका थिए । एमालेले १४ गते राती भएको घटनालगत्तै तत्काल पुन मतगणना गर्न आग्रह गर्दै आएको थियो भने सोहि माग पूरा गर्न दवाव दिन पटक पटक संसद अवरुद्ध पार्दै आएको थियो । आयोगको निर्णयसँगै एमालेले भोलि प्रधानमन्त्री चयनका लागि बस्ने संसद बैठक पनि अवरुद्ध पार्ने तयारी गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण