शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीका लागि एमालेले उम्मेदवारी नदिने, संसद अवरोध गर्ने

शनिबार, २० जेठ २०७४, १५ : ५९
शनिबार, २० जेठ २०७४
काठमाडौं, जेठ २०– ब्यस्वस्थापिका संसदको दोस्रो ठूलो दल नेकपा एमालेले प्रधानमन्त्रीका लागि उम्मेदवारी नदिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि शनिवारबाट निर्वाचन प्रक्रिया शुरु भएको छ । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्ने प्रक्रिया शुरु भइ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएपछि बसेको एमाले स्थायी समिति बैठकले आफ्नो पार्टीबाट प्रधानमन्त्रीमा उम्मेदवार नदिने र देउवालाई पनि समर्थन नगर्ने निर्णय गरेको हो । प्रधानमन्त्री चयनका लागि भएको निर्वाचन कार्यक्रमअनुसार शनिवार अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता गर्ने र अपरान्ह ४ः ३० बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने रहेको छ भने भोलि विहान ११ः ३० मा मतदान गरिनेछ । माओवादी केन्द्रको समर्थनमा देउवाले प्रधानमन्त्रीको उम्मेदवारी दिएपछि एमालेले बामदेव गौतमलाई अघि सार्ने चर्चा चले पनि अन्तिम समयमा उम्मेदवारी नदिने र संसद अवरोध गरी निर्वाचन कार्यक्रम असफल पार्ने निर्णय गरेको हो । पार्टी स्थायी समिति बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने र संसद बैठक अवरोध गर्ने निर्णय गरेको हो । काँग्रेस सभापति देउवाले भने माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल तथा लोकतान्त्रिक फोरम, समाजवादी जनता पार्टी, नेपाल अखण्ड पार्टी र नेकपा संयुक्तले समर्थन जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप