सिरहमा एमालेद्वारा उम्मेदवार तय
शनिबार, २० जेठ २०७४, १६ : ०१
लहान, २० जेठ । दोश्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सिरहाका ६ नगरपालिका र ९ गाउँपालिकाका प्रमुख÷अध्यक्ष पदमा उम्मेदवार तय गरेको छ ।
एमाले सिरहाका अध्यक्ष प्रमोद यादवकाअनुसार लहान नगरपालिकाकाको प्रमुखमा मुनी साह, गोलबजार नगारपालिकाको प्रमुखमा श्याम श्रेष्ठ, मिर्चैया नगरपालिकाको प्रमुखमा प्रदीप महासेठ र सुखिपुर नगरपालिकाको प्रमुखमा रामअवतार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी कल्याणपुर नगारपालिकाको प्रमुखमा रामपुकार साह, सिरहा नगरपालिकाको प्रमुखमा डा नवीन यादवलाई उम्मेदवार बनाउने निर्णय एमालेको छ । धनगढीमाई नगरपालिका र बडियारपट्टी गाउँपालिकाको उम्मेदवार प्रदेश समितिले टोली बनाएपछि निर्णय गर्ने एमाले सिरहा अध्यक्ष यादवले बताए ।
यस्तै जिल्लास्थित गाउँपालिकाका अध्यक्षमा क्रमशः सखुवान नकारकट्टीमा केदारनाथ यादव, भगवानपुरमा उग्रनारायण यादव, लक्ष्मीपुरपतारीमा देवनारायण साह, नवराजपुरमा सुरेन्द्र यादव, अर्नमामा चन्देश्वर मण्डललाई उम्मेदवार बनाउने निर्णय भएको एमाले सिरहाले जनाएको छ ।
त्यस्तै विष्णुपुरमा सत्यनारायण यादव, कर्जन्हामा रामदयाल महतो, नरहामा रामशरण यादव र औरहीमा शुभरण यादवलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपा एमालेले सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुख पदको लागि उत्तरबहादुर जर्घामगर, शिवशङ्कर महतो र भगलु महतोको नाम प्रदेश समितिमा सिफारिस गरेको जनाएको छ ।
यस्तै नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० लगायतका दल पनि जिल्लाको स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवार तय गर्ने अन्तिम तयारीमा जुटेको छ ।
पार्टीको तर्फबाट उम्मेदवारको नाम तय गर्ने कार्य अन्तिम चरणमा पुगेको नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति, नेपाल लोकतान्त्रिक पार्टीलगायतका दलले जनाएको छ ।
सिरहामा ७ नगरपालिका र १० गाउँपालिका छन् । तीमध्ये धनगढीमाई नगरपालिकाका प्रमुख तथा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवारको नाम अहिलेसम्म एमालेले टुङ्गो लगाउन सकेको छैन् ।
कुल तीन लाख ३१ हजार ५९६ मतदाता रहेको सिरहामा निर्वाचन प्रयोजनका लागि ३२ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दत्र्ता गराएको छ । जिल्लामा २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण