बेलिब्रिज निकालियो, राजधानीसँग यातायात विच्छेद
शनिबार, २० जेठ २०७४, १६ : २१
खोटाङ, २० जेठ । राजधानी काठमाडौँलगायत तराईका जिल्ला जोड्ने मुख्य नाका जयरामघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएसँगै खोटाङ सडक यातायात सम्पर्कबाट विच्छेद भएको छ ।
बाटोमा पार गर्नुपर्ने खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दूधकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज शुक्रबारदेखि हटाउन थालिएसँगै यो जिल्ला सडक सञ्जालबाट अलग्गिएको हो ।
गत मङ्सिर २१ गतेदेखि सञ्चालनमा रहेको बेलिब्रिज निकालिएसँगै जिल्लाबाट तराई जाने र आउनेक्रममा दुई ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता छ ।
दूधकोसीस्थित जयरामघाटमा पुलको अभावमा हरेकवर्ष अस्थायी बेलिब्रिज राख्ने गरिएको छ । बाटोमा पर्ने दूधकोसीको बेलिब्रिज निकालिएपछि जिल्लाबाट काठमाडौँ तथा कटारी हुँदै धरान, विराटनगर, झापा, जनकपुरलगायतका पूर्वी सहर जान र आउनका लागि जयरामघाटमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता सुरु भएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङमाङले बताए ।
दूधकोसीमा निर्माणाधिन मोटरेबल पक्की पुल निर्माणकार्य थालेको नौ वर्षमा पनि पूरा हुनसकेको छैन । अस्थायी बेलिब्रिज झिकिएपछि तराईबाट जिल्ला भित्रिने दैनिक उपभोग्य सामान दूधकोसीमा भरियामार्फत गाडीबाट झारेर नदी तार्नुपर्ने र पुनः गाडीमा राख्नुपर्ने समस्याले त्यसको मूल्य बढ्ने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र मयालुले बताए ।
“बेलिब्रिज झिकिएसँगै जिल्लावासीको कष्टको दिन सुरु भयो,” उहाँले भने, “लामो समयदेखि भोग्दै आएको समस्या समाधानतर्फ कसैको ध्यान गएको छैन ।”
करिब एघार वर्षअघि हेलिकोप्टरमार्फत गाडी ल्याएर यातायात सेवा सञ्चालन गरिएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ ।
विगत पाँच वर्षदेखि सञ्चालनमा ल्याइएको अस्थायी बेलिब्रिज जडान गर्न वार्षिक ६० लाख भन्दा बढी राज्य कोषको रकम खर्च हुने गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण