एनआरएन अष्ट्रेलियाको अध्यक्षमा शाहको उम्मेदवारी
शनिबार, २० जेठ २०७४, १६ : २४
काठमाडौँ, २० जेठ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन कार्यकाल एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । शाहले अव बन्ने नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
गतवर्ष नेपाल सरकारले उनलाईअष्ट्रेलियाको क्विन्सल्यान्ड सहरका लागि पर्यटनदूत नियुक्ति गरेको थियो ।
रासससँग कुरा गर्दै शाहले भने “मैले तीन कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेपछि अध्यक्षमा मेरो दाबेदारी स्वभाविक हो, म निर्विरोध निर्वाचित हुन्छु ”।
शाहले अस्ट्रेलियमा रहेका नेपालीको समस्या समाधान र हितका लागि काम गर्ने तथा नेपालमा पर्यटक र विदेशी लगानी भित्र्याउने आफ्नो प्रमुख कार्यसूची रहेको पनि बताए ।
अष्ट्रेलियाको नेपाली समाजलाई मातृभूमिसँग सामाजिक र सांस्कृतिक रुपमा जोड्न विभिन्न मौलिक कार्यक्रम आयोजना गर्न आफ्नो विशेष ध्यान केन्द्रित हुने उनले बताए ।
एनआरएन अष्ट्रेलियाको आगामी कार्यकालका लागि असार २४ गते अधिवेशन हुँदैछ । उनले अस्ट्रेलियामा शिक्षा, रेस्टुरेन्ट र पर्यटन व्यवसायमा लगानी गरिरहेका छन् ।
मेरो भ्यालेन्टाइन लगायतका नेपाली चलचित्रमा समेत उहाँले नायकको रुपमा अभिनय गरेका छन् ।
अस्ट्रलियामा करिब एक लाख नेपाली रहेको अनुमान गरिए पनि करिब नौ हजारले मात्रै एनआरएनको सदस्यता लिएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण